धरानः आर्थिक अवभाले उपचार गर्न नसकेर घाँटीको क्यान्सर रोगबाट पीडित भई घरैमा थलिएका ६९ वर्षीय भक्त नुगो लिम्बुलाई आर्थिक सहयोग गरिएको छ ।

धरान र युकेमा बसोबास गर्ने १ सय २८ जना नेपालीले संकलन गरिएको युके पाउण्ड २ हजार ३ सय ७० संकलन भएको लिम्बु बचाउ अभियान समितिका आर्थिक सह–कोषाध्यक्ष मोतिबहादुर मेन्याङ्बोले पत्रकार सम्मेलनमा जानकारी गराए । उनका अनुसार एक वर्ष अघिदेखि घाँटीको समस्याबाट पीडित भई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गराउने क्रममा लिम्वूको घाँटीको क्यान्सर भएको थाहा भएको थियो । तर उनको आर्थिक अवस्था कमजोर भएका कारण उपचार हुन सकेको थिएन ।

51068934_418921382180100_38

आर्थिक समस्याका कारण ताप्लेजुङ श्रीजंगा गाउँपालिका वडा नम्बर ३ का लिम्वूको उपचारका लागि धरानमा बसोबास गर्ने मेन्योङ्बोहरुको पहलमा ३ लाख ९५ हजार ३ सय ५१ रुपैयाँ सोमबार पत्रकार सम्मेलन गरि विरामीका आफन्त वुद्धिराज मेन्याङ्बोलाई हस्तान्तरण गरिएको छ । विरामीको उपचारका लागि कति खर्च लाग्ने हो भन्ने कुरा अस्पतालमा उपचार शुरु हुन थालेपछि मात्रै थाह हुने भएकाले आर्थिक संकलन जारी रहने र लिम्बूको जीवन रक्षाको लागि सहयोगी हातहरुलाई सहयोगको लागि अपिल समेत समितिले गरेको छ ।

कसैले सहयोग गर्न चाहेमा तत्कालका लागि आर्थिक संकलन समितीका सह कोषाध्यक्ष मोतीबहादुर मेन्याङ्बोको खाता नम्बर १८०२४७९२८०१ ( स्ट्याण्डर्ड चार्टर बैंक धरानको खातामा ) अथवा मोवाइल नम्बर ९८४२४५७७८५ मा सम्पर्क गर्न समेत समितिले अनुरोध गरिएको छ । विरामीका आफन्त वुद्धिराज मेन्याङबोले वीपी प्रतिष्ठानका चिकित्सकले तत्कालै भरतपुर क्यान्सर अस्पताल उपचारको लागि जान सल्लाह दिएपनि आर्थिक अभावले जान नसकेको बताए । धरानमा रहेका मेन्याङ्बो दाजभाईहरुको सहयोगमा आर्थिक संकलन जुटेपछि सोमबार नै उपचार गर्नको लागि भरतपुर अस्पताल पठाईसकेको लिम्वु बचाउ अभियान समितिले जनाए ।