धरान: प्रहरीले विभिन्न प्रकारको लागुऔषधसहित धरानबाट ४ जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा खैरो हेरोइनका कारोबारी पनि छन् ।

इलाका प्रहरी कार्यालय धरानका अनुसार आज मंगलबार बिहान करिब २ बजे धारन ६, पानवारी बोर्डिङ चोकबाट स्कुटर र मोटरसाइकलमा सवार व्यक्तिलाई चेकजाच गर्दा खैरो हेरोइन वरामद भएपछि ३ जनालाई पक्राउ गरिएको थियो । प्रहरी चौकी पानबारीबाट खटिएको टोलीले पुर्वबाट आईरहेको को २५ प ९५०९ नम्बर।को स्कुटर र को १ प ९९ ३६ नम्बरको मोटरसाईकल पनि निण्न्त्रणमा लिएको छ । स्कुटर चालक धरान ६ का ३० बर्षीय निराजन थापा, धरान १५ का २४ बर्षीय संजोग थापा र मोटरसाइकलमा सवार धरान ६ का २९ बर्षीय सुमन परियारलाई प्रहरीले पक्राउ गरेको हो ।

चेकजाँच गर्ने क्रममा स्कुटर चालक निराजनको साथबाट खैरोहिरोइन ८२० मिलिग्राम फेला परेको प्रहरीको भनाई छ । उक्त खैरो हिरोइनको कारोवारमा ३ जनाकै संलग्नता देखिएकोले लागुऔषध ओसार पसारमा प्रयोग भएको स्कुटर र मोटरसाईकलसहित लागु औषध मुद्दामा म्याद थप गरी अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

IMG_0087

यसैगरि, सोमबार राती करिब ७ बजे धरान १८ स्थित शिव मार्गबाट शंकास्पद अवस्थामा हिडिरहेको देखेर प्रहरीले २२ बर्षीय सुनिल साहीको शरीर तथा झोला चेकजाँच गर्दा लागुऔषध वरामद भएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनको झोलाबाट लागुऔषध डाईजेलाब २८ एम्पुल, लुपिजेसिक २८ एम्पुल र एभिल २८ एम्पुल फेला परेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । उनलाई पनि लागुऔषध कारोबारमा मुद्दा दर्ता गरी म्याद थप गरिएको प्रहरीले जनाएको छ ।