धरान: नेपाल प्रहरीले सुरु गरेको ‘समुदाय प्रहरी साझेदारी पालिकास्तरीय समिति’ धरानमा पनि गठन गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीको आयोजनामा बुधबार धरान उपमहानगरपालिकाकी कार्यबाहक मेयर मञ्जु भण्डारी सुबेदीको संयोजकत्वमा ३७ सदस्यीय समुदाय प्रहरी साझेदारी पालिका समिति गठन गरिएको हो । धरान उपमहागनगरपालिकामा आयोजित कार्यक्रमले समितिको सह–संयोजकमा इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी सुमनकुमार तिम्सिना, पदेन सदस्य रहने एक वडाध्यक्षबाट वडा नं १३ का वडाध्यक्ष नेत्रप्रसाद काफ्ले, सदस्य सचिवमा इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक अशोक जबेगू रहेका छन् ।

त्यसैगरी, स्थानीय सरकारी निकाय, सामुदायिक प्रहरी सेवा केन्द्र, सामाजिक÷सामुदायिक संघसंस्था, महिला वालवालिका संघसंस्था, पूर्व प्रहरी संगठन, विद्यालय, उद्योगी व्यावसायि, खेलकुद, पत्रकार, लगायतका संघसंस्थाबाट एक–एक जना प्रतिनिधि समितिमा राखिएको छ । ‘हर प्रहर गाउँ र नगरी, टोल–टोलमा नेपाल प्रहरी’ भन्ने मुल नाराका साथा प्रहरी र समुदायबीचको सम्बन्ध विकासको लागि प्रहरीले यो अभियानको थालनी गरेको एसपी राजन अधिकारीले जानकारी दिए । गाउँ, नगरको शान्ति सुरक्षा अमनचयनको लागि यो साझेदारी कार्यक्रमले ठुलो भुमिका खेल्ने उनको भनाई थियो ।

अभियानमा एक अर्काले सहयोगी भुमिका निर्वाह गरेर शान्तिसुरक्षा कायम गर्नमा सहयोग पुग्नेमा उनले विश्वास व्याक्त गरे ।
पालिकास्तरीय समिति गठन भएपछि बिहिबारदेखि वडास्तरीय समिति गठन गरिने डिएसपी तिम्सीनाले जानकारी दिए । ‘यही संरचना अनुसार भोलीदेखि वडागत समिति गठन गछौं, वडाध्यक्ष संयोजक हुन्छ, स्थानीय प्रहरी यूनिट सह–संयोजक तोकिन्छ,’ डिएसपी तिम्सिनाले भने,‘त्यसपछि विद्यालय स्तरीय, टोलस्तरी गदै समिति गठन गदै जान्छौ ।’

तस्बिर सौजन्य: सुनिता केसी