इटहरी : इटहरीमा छुरा प्रहार गरि एक महिलाको हत्या भएको छ । 

इटहरी ४ स्थित माखम टोलमा डेरा गरेर बस्दै आएकी ३० वर्षीया सोनिया राई (नाम्जाली) को स्थानीय लालबहादुर राईले छुरा प्रहार गरि हत्या गरेका हुन् । आज सोमबार साँझ ६ बजे डेरामा नै महिलाको हत्या गरिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक वुद्धिराम चौलागाईँका अनुसार घटना भएको १५ मिनेटमा नै प्रहरीले हत्यारा राईलाई पक्राउ गरि आवश्यक अनुसन्धान गरिरहेको छ ।

‘हामीले राईलाई पक्राउ गरि अनुसन्धान गरिरहेका छौँ’ प्रहरी निरीक्षक चौलागाईँले टेलिफोन सम्पर्कमा कपुरीसँग भने, शवलाई पोष्र्टमार्टमका लागि धरानस्थीत बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइसकिएको छ ।
एक छोरा र एक छोरी रहेकी राई ८ महिना अगाडिबाट लालबहादुरसँग बस्दँै आएको सुक्ष्म अनुसन्धानबाट खुलेको चौलागाईँले जानकारी दिए । मृतक महिलाकी श्रीमान विदेश रोजगारीका लागि गएको बुझिएको छ ।