सुनसरी: एक बालिकालाई बलात्कार गरी गर्भ बसेपछि भारतमा लगेर गर्भपतन गराएको आरोपमा सुनसरी प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले भोक्राहा नर्सिङ गाउँपालिका ३ चिरौलीका ३० बर्षीय राजकुमार साहलाई पक्राउ गरेको हो ।

साहले एक १४ बर्षीय बालिकालाई पटक पटक बलात्कार गरेको प्रहरीको भनाई छ । ती बालिकाको गर्भ बसेपछि साहले भारत लगेर गर्भपतन गराएको खुलेपछि साह पक्राउ परेका हुन् । साहलाई पक्राउ परेपछि पीडत बालिकाको परिवारले जिल्ला प्रहरी कार्यालय सुनसरीमा जबरजस्ती करणी अन्तर्गत मुद्दा दर्ता गरेको छ । साहले ती बालिकालाई पटक पटक जर्बजस्ती बलात्कार गरेको प्रहरीको भनाई छ । गर्भ बसेको थाह पाएपछि साहले बिहारकोे सुपौलमा लगेर गर्भपतन गराएको पनि सुनसरीका डिएसपी ज्ञानेन्द्र फुँयालले जानकारी दिए । घटनाबारे स्थानीयमार्फत प्रहरीले जानकारी पाएपछि साहलाई पक्राउ गरेको थियो ।

जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी अनुसन्धान शुरु गरिएको डिएसपी फुँयालले बताए । साहले भारतमा लगेर उपचार गरिदने वहानामा भारत लगेर गर्भपतन गराएको पाइएको छ । 'बालिकालाई पटक पटक बलात्कार गरेको रहेछ, गर्भ बसेपछि चै ती बालिका विरामी भएको बेला परिवारलाई छिटो उपचार गर्नुपर्छ भनेर भारत लगेर गर्भपतन गराएको रहेछ,'डिएसपी फुँयालले भने,'यो कुरा आइसकेपछि पीडितसँग पनि बुझ्यौ । पीडितले पनि यही कुरा गरेपछि पक्राउ गरेर मुद्दा दर्ता गरि अनुसन्धानमा छ ।'