धरान : धरान प्रहरीले लागूऔषधसहित छुटाछुटै स्थानबाट विहीबार ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धरान–१ का ३५ वर्षिय राजेश साह, सोही ठाउँका ४२ वर्षिय निरज श्रेष्ठ र विरानगर–१५ का २४ वर्षिय रुस्तम मिँया रहेको प्रहरीले जनाएको हो । धरान–८ तिनकुने अस्थायी प्रहरी पोष्ट निनकुनेले पक्राउ परेका साह र श्रेष्ठको साथबाट लागूऔषध डाईलेक्स डि.सी १४ बोतल फेला पारेको थियो । को १७ प २८३० नम्बर मोटरसाइकलमा सावार उनीहरुलाई विहीबार साँझ प्रहरीले चेकजाँच गर्ने क्रममा मोटरसाइकलको सिटमुनी सो परिमाणको लागूऔषध लुकाइछिपाइ ल्याउदै गरेको अवस्थामा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । त्यसैगरी, पक्राउ परेका मिँयाको साथबाट लागूऔषध स्पास्मो प्रोक्सिभन १ सय ३६ क्याप्सुल बरामद गरेको प्रहरीले जनाएको छ ।

विहीबार दिउसो बा २३ प ५९०९ नम्बरको मोटरसाइकलमा सवार मिँयालाई धरान–६ पानवारी–धरान सडक खण्डको सेउती पुल नजिकबाट चेकजाँच गर्ने क्रममा पानवारी प्रहरी चौकीको टोलीले नियन्त्रणमा लिएको थियो । पक्राउ परेका तीनै जनालाई इप्रका धरानमा राखि म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।।