पथरी:मोरङ प्रहरीको सक्रियतामा मोरङको पथरीशनिश्चरे र सुनबर्षी नगरपालिकामा सोमबार अफिम खेती नष्ट गरिएको छ ।

इलाका प्रहरी कार्यालय पथरी र रंगेलीको संयुक्त टोलीले पथरीशनिश्चरे र सुनबर्षी नगरपालिकाको सिमा क्षेत्रको करिब १ कट्ठा १२ धुरमा लगाइएको अफिम खेती प्रहरीले नष्ट गरेको हो । साथै, अफिम खेतीमा संलग्न भएको आशंकामा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ ।

प्रहरी स्रोतका अनुसार पथरीशनिश्चरे ५ र सुनबर्षी २ मा लसुन खेती भित्र लगाइएको प्रतिबन्धित अफिमको करिब ३ हजार बिरुवा नष्ट गरिएको छ । यस्तै, अफिमको तयारी अबस्थाका बिरुवा पनि नष्ट गरिएको गरिएको प्रहरीले जनाएको छ । प्रहरी स्रोतका अनुसार पथरीशनिश्चरे ५ का चन्द्रप्रसाद गनगाइलाई नियन्त्रणमा लिएको छ भने अर्का ब्याक्तिको परिचय खुलेको छ ।

तस्बिर स्रोत: गुगल