धरान:धरान ८, तीनकुनेस्थित चेकपोष्टबाट खैरो हेरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मोटरसाइकलमा सवार धरान ८ का ३० बर्षीय निरज धामी थारु र ३१ बर्षीय दिपेश श्रेष्ठलाई हेरोइनसहित पक्राउ गरेको हो । दुवै मंगलबार साँझ सवा ५ बजे को ३६ प ४००० नम्बरको मोटरसाईकलमा सवार थिए । मोटरसाइकल थारुले चलाएका थिए भने पछाडि श्रेष्ठ बसेका थिए । प्रहरीले शरीर चेकजाँच गर्दा श्रेष्ठको साथबाट खैरो हिरोइन २.५५० ग्राम फेला परेको जनाएको छ । दुबैलाई पक्राउ गरी लागुऔषध मुद्दामा म्याद थप गरी अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

स्पास्मो प्रोक्सिभनसहित एक पक्राउ

IMG_0648

मंगलबार साँझ नै तीनकुने पोष्टबाट प्रहरीले बराह नगरपालिका ७ का ३७ बर्षीय टिकबहादुर श्रेष्ठलाई पनि लागुऔषधसहित पक्राउ गरेको छ । सवारी साधनहरु चोकजाँच गर्ने क्रममा यात्रु बाहक माईक्रोबस जाँच गर्दा श्रेष्ठको साथबाट लागुऔषध स्पास्मो प्रोक्सिभन प्लस १२० क्याप्सुल बरामद भएको प्रहरीको भनाई छ । उनलाई पनि पक्राउ गरी लागुऔषध मुद्दामा म्याद थप गरी अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।