धरान(डेस्क): बुधबार पर्यटन मन्त्री रवीन्द्र अधिकारी, पर्यटन व्यवसायी, नागरिक उड्यान प्राधिकरणका उच्च अधिकारीसहित ७ जनाको हेलिकप्टर दुर्घटनामा परी निधन भएको थियो । एक जुझारु, कर्मशील र सम्भावना बोकेका युवा नेता तथा सँस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्री अधिकारीको निधनले देश स्तब्ध बन्यो ।

मन्त्रीपरिषदले आकस्मिक बैठक बसेर आज बिहीबार राष्ट्रिय शोक घोषणा गर्दै सार्वजनिक विदा पनि दिएको थियो । मन्त्री अधिकारीसहित ७ जना सवार हेलिकप्टर मौषमको खराबीले गर्दा दुर्घटनाको शिकार हुन पुगेको बताइएको छ । आज सरकारले शोक विदा दिएको दिन पनि मौषम मलिन नै रह्यो । आज बिहिबार विहानैदेखि कतै हिउँ पर्यो, कतै पानीसँगै असिना पर्यो ।

asina

धरान, भेडेटार, बराहक्षेत्रलगायत पहाडी र हिमाली क्षेत्रमा असिना पानी र हिमपात भइरह्यो । सामाजिक सञ्जालहरुमा आज हेलिकप्टर दुर्घटनामा ज्यान गुएकाहरुप्रति श्रद्धाञ्जलीसँगै असिना पानी र हिमपातको तस्बिर, सेल्फीले भरिए । सुनसरीको बराहक्षेत्र आसपासका क्षेत्रमा पनि अत्याधिक मात्रामा असिना पर्यो । असिनाले खेतबारी सेताम्य भए । सडक असिनाले भरियो । अत्यधिक असिनाले स्थानीयको तरकारी तथा फलफूल खेतीमा समेत क्षति भएको छ । बराहक्षेत्र नगरपालिकाका वयरवन, चतरा, भन्डारीटार, चतराघाट, चावाचा, अर्चले लगायतका ठाउँमा अत्याधिक मात्रामा असिना परेको थियो । स्थानीय भबिन राउतले यो क्षेत्रमा अहिलेसम्मकै ठूलो मात्रामा असिना परेको बताउँदै भने,‘यत्तिको असिना परेको अहिलेसम्म थाहा थिएन ।’

asina2

धरानमा पनि बिहान करिब १० बजेतिर अध्यारो भएसँगै असिना पानी परेको थियो । यस्तै, भेडेटारमा पनि असिना पानी परेर झण्डै ४ इञ्जसम्म असिना जमेको होटल एशोसिएशन भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दालीले बताए । ‘आज ४ इञ्च जति बाक्लो असिना पर्यो, यस्तो त नहुनुपर्ने थियो,’उनले भने,‘पर्यटनको लागि मौषम प्रतिकुल भइदियो, पर्यटकहरुको संख्या ज्यादै न्युन छ ।’

asinaaa chatara,-asina chatara.asna