धरान(डेस्क) । बाह्र बर्षअघिको जर्बजस्ती करणी मुद्दाका फरार प्रतिवादीलाई इलाका प्रहरी कार्यालय बेलबारीले पक्राउ गरेको छ ।

साबिक सुन्दरपुर गाबिस वडा नं ६ लाटिझोडा(हाल सुन्दरहरैचा नगरपालिका ४ ) मा नाबालिकालाई सामुहिक बलात्कार गरी ११ बर्ष कैद तोकिएका गोम्बे तामाङलाई प्रहरीले पक्राउ गरेको हो । घटना पश्चात सुन्दर हरैचा ४ का तामाङ फरार रहेका थिए । उनलाई प्रहरीले आज पक्राउ गरी मोरङ जिल्ला अदालतमा पेश गरेको थियो । अदालतको आदेश अनुसार तामाङ मोरङ जिल्ला कारागार चलान गरिएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

जबरजस्ती करणी उद्योगका फरार पक्राउ

इलाका प्रहरी कार्यालय बेलबारीले नै मोरङ जिल्ला अदालतबाट कैद र जरिवाना फैसला भए पनि फरार रहेका केराबारी गाउँपालिका ८ का हर्कबहादुर विश्वकर्मालाई पक्राउ गरेको छ ।

विश्वकर्मालाई २०७३ असार ५ गते गते अदालतले २ बर्ष ६ महिना कैद र २० हजार जरिवानाको फैसला गरेको थियो । तर, उनी फरार रहेका थिए । उनलाई पनि आज केराबारीबाट पक्राउ गरेर मोरङ जिल्ला अदालतमा पेश गरिएको र जिल्ला कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।