धरान (डेस्क) : विराटनगर महानगरपालिका १५ भन्सार कार्यालयको १ नम्बर ढाटबाट लागूऔषध सहित २ जना पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरीको टोलीले लागूऔषध सहित सुनसरी धरान उपमहानगरपालिका ८ बस्ने २९ वर्षीय खड्ग बहादुर बिक र ३२ वर्षीय मनोज श्रेष्ठलाई पक्राउ गरेको हो ।

बिहान ११ बजे भारतीय बजार जोगवनीबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा शंका लागि चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट लागूऔषध एभिल ४२ एम्पुल, लुपिजेसिक ४२ एम्पुल र डाईजेल्याब ४२ एम्पुल बरामद गरेको हो । बरामद लागूऔषध सहित दुवै जनालाई इलाका प्रहरी कार्यालय रानीमा राखि थप अनुसन्धान भईरहेको छ ।