झापा:इलाममा भएको सवारी दुर्घटनामा परी चालकसहित पाँच जना घाइते भएका छन् ।

बिहिबार दिउँसो झापाबाट ताप्लेजुङतर्फ जाँदै गरेको बा १ झ ९८९८ नम्बरको सडक विभाग ताप्लेजुङको गाडी (निसान जिप) मेची राजमार्ग अन्तरगत ईलाम नगरपालिका ४ सिम्लेमा दुर्घटना भएको हो । घाइते हुनेहरुमा ताप्लेजुङ फुङलिङ नगरपालिका ५ का ७४ वर्षीया धनमाया लिम्बू, तेह्रथुमका ५० वर्षीया जानुकार योङहाङ, नुवाकोट ककनी गाउँपालिकाका १८ वर्षीय जंग तामाङ र २६ वर्षीय रीतिक लामा (चालक) र ताप्लेजुङ लेलेप गाउँपालिका २ का ४५ वर्षीय पेम्बा शेर्पा रहेका छन् ।

घाइतेमध्ये धनमाया र जानुकाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । ब्रेक फेल भई गाडी सडकबाट करिब १ सय ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । घाईतेहरुको इलाम अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारको लागि झापाको विर्तामोडस्थित विएण्डसी अस्पताल पठाईएको पठाइएको प्रहरीले जनाएको छ ।