पथरी: मोरङ्गको पथरीको एक व्यापारीक भवनबाट खसेर मृत्यु भएको भनिएका षडराज तामाङ्गका परिवारले सो घटनावारे सत्यतथ्य वाहिर ल्याउन माग गरेका छन् ।

मोरङ्गको पथरीमा आइतवार पत्रकार सम्मेलन गर्दै घटना घटेको ११ दिन बितिसक्दा पनि प्रहरीले चासो नदिएको आरोप लगाएका छन् । मृतककी दिदी टिका तामाङ्गले आफ्नो भाई(मृतक)को हत्या भएको आशंका गरेपनि सो बारे थप रिर्पाेट प्रहरीले दिन नसक्दा घटना थप रहस्य र शंकास्पद बनेको बताइन् । ‘प्रहरीले अनुसन्धान गर्ने भन्दै घटनालाई थप शंकास्पद वनाएको छ,’तामाङ्गले भनिन्,‘न्यायका लागि सडकमा आउनु परेको छ ।’

गत फागुन १६ गते पथरी वजारमा रहेको सिक्का वार एण्ड लज रहेको भवनवाट नजिकै सडकमा मृत अवस्थामा भेटिएको थियो । तर, परिवारले भने भवनबाट खसेर नभै कसैले हत्या गरेर त्यहाँ फालिएको हुनसक्ने आशंका गर्दै आएको छ । परिवारजनले मृतक तामाङ्गको शव अझैसम्म वुझेका छैन । उनको शव मंगलवारे अस्पतालमा राखिएको छ । उनको शवको पोष्टमार्टम भने धरान स्थित विपि कोइराला विज्ञान स्वास्थ्य प्रतिस्ठानमा गरिएको थियो ।

पेन्टिङ्ग मजदुरका रुपमा कार्र्यरत रहेको तामाङ्ग साथीहरुसँग बार पुगेको र मदिरा सेवन गरेको अवस्थामा वार संन्चालकसँग विवाद भएको बताइएको छ । दमकका केही युवासँग झगडा गरेको सिसी क्यामराको फुटेजमा देखिएको छ । बारवाट वाहिरिएका तामाङ्गलाई भवन नजिकैको सडकमा भेटिएको थियो । उनलाई पथरी अस्पतालले मृत धोषणा गरेको थियो । मृत घोषणा गरेपछि अभिवावक नवोलाई मृतककै साथी वलवहादुर तामाङ्गलाई अभिवावक वनाएर मंगलवारे अस्पतालमा शव राखिएको परिवारले आरोप लगाएको छ ।

53563434_250942942476605_673993828893458432_n

मृतककी भाउजु आङ्गरीता तामाङ्गका अनुसार प्रहरीकै सहयोगका लागि किटानी जाहेरी नदिएपनि अव न्यायका लागी आफुहरु किटानी जाहेरी दिने बताइन् । हत्या वा मृत्यु वारे प्रष्ट नभएसम्म आफुहरुले शव जिम्मा नलिने परिवारले वताएका छन् । पोष्र्टमार्टम रिपोर्ट आउन ३ दिन लाग्ने बताएपनि घटना भएको ११ दिन वितिसक्दा पनि रिर्पाट वाहिर नआउदा घटनाका वारेमा थप शंका उत्पन्न भएको परिवारले जनाएका छन् । सो घटनाका वारेमा इलाका प्रहरी कार्यालय पथरी का प्रहरी निरीक्षक कमल वजगाई ले घटनाका वारेमा प्रहरीले गहनरुपमा अनुसन्धान गरिरहेको वताए । ‘अनुसन्धान जारी छ ,वार सन्चालक र मृतकका साथीलाई सोधपुछ चलिरहेको छ,’उनले भने ।