धरान:धरानमा घाँटी काटिएको अवस्थामा एक व्यक्तिको शव फेला परेको छ ।

धरान ९ स्थित आचार्य लाइनमा पुजा कोठामा घाँटी काटिएको अवस्था शव भेटिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुमन तिम्सिनाले जानकारी दिए । उनका अनुसार मृतक सप्तरी घर भएका रितेशप्रसाद देव हुन् । अहिले प्रहरीले घटनास्थलको जाँच गरिरहेको डिएसपी तिम्सिनाले बताए ।

उनका अनुसार मृतकको शव पुजा कोठामा भेटिएको थियो । हत्या वा आत्महत्या के हो भनेर प्रारम्भिक अनुसन्धानको क्रममा रहेको प्रहरीले जनाएको छ । हातमा चुलेसी जस्तो हतियार छ, आफैले बोकेको जस्तो अवस्थामा छ । रगतको आहाल छ, हेर्दा हत्या गरिएको हो कि भन्ने पनि छ, घटनास्थलमा रहेका एक प्रहरीले भने ।