१) BPKISH काङ्ग्रेस सरकारको पालामा स्थापना भएको संस्था हो । तत्कालिन प्र.म. गिरिजा प्रसाद कोइरालाको सदासयतालाई हामीले प्रशंसा गर्नुपर्दछ। (मोरङको डाइनिया जानलागेको संस्था धरानमा आएको हो)। गिरिजा प्रसाद कोइरालालाई अनुरोध, दवाव दिने सन्दर्भमा धरानका तत्कालिन काङ्ग्रेस, कम्युनिष्ट, प्रवुद्द नागरिक समाज सबैको उतिकै ठूलो योगदान छ।

२) म स्वयं स्थापनाकालिन सन्चालक परिषद सदस्य हुँ, जतिवेला कुलपति तत्कालीन प्रम गिरिजा प्रसाद कोइराला, उपकुलपति तात्कालीन स्वास्थ्य मन्त्री रामवरण यादव हुनुहुन्थो । डा. मदन उपाध्याय, डा. शेखर, डा. नारायण प्रसादहरु वीपी हाँक्ने मुख्य व्यक्ती अर्थात पदाधिकारी हुनुहुन्थ्यो।

३) स्थापना कालदेखिनै दुइवटा खरावी हुँदै आएको हो : राजनितिकरण र आर्थिक अनियमितता ।

कर्मचारीहरु आस्थाको आधारमा निकै भर्ति गरिए । त्यसैगरी निर्माण, खरिद र खर्चमा नियम कानुनलाई टेक्दै सेटिङमा हुने अवस्थाको भित्री अभ्यास गरियो । जस्को गतिछाडा अभ्यासले सिमा नाघ्यो ।अहिले यसैको पराकाष्ठा हो।

४) काङ्रेस नगरसमितिको धारणा सुनियो, कार्यवाहक मेयरको ध्यानाकर्षण सुनियो, उपप्रधान एवं स्वास्थ मन्त्रीको भिसी नियुक्तिमा आर्थिक चलखेल नहुने कुरा सुनियो । पहिला 'करण' मात्रै थियो आस्थाको आधारमा, पछि किनबेच प्रथा आयो । गगनले सुभलाभ गर्न भ्याए भने (हल्ला साँचो हो होइन उनै वा राम जाने), उपेन्द्रले किन छोड्थे र भन्ने कोणको सहज शङ्का नाजायज छैन तर अब रोक्ने होलानी ? र संस्थालाई विकृतिमुक्त बनाउँने हो भने सोचौँ ।

आखिर कहाँबाट, केके मा कसरी सच्याउँने ? एक हप्ते,एक महिने छलफल चलाउँनुपर्छ जस्तो लाग्छ । जसमा तीन तहको सरकारका प्रतिनिधि, दलका नेताहरु, नागरिक समाज आदि बसोस। छलफलको वुँदा यस्तो होस:
क) यो संस्थालाइ राजनितिकरणको फोहोरी दलदलबाट कसरी मुक्त गराउँने ।
ख) संस्थामा हुने गरेको आर्थिक अनियमिततालाई कसरी रोक्ने ।
ग) स्तरिय र सबैको पहुँचलाइ सम्भव गराउँने स्वास्थ्य सेवा कसरी उपलव्ध गराउँने,आदि र थप महत्वपुर्ण विषय भए थपौँ  । वाहिरको अनावश्क दबाव पनि घटाउनुपर्छ । चन्दा असुली, दादागिरी, चम्चागिरी र चुन्द्रेमुन्द्रे गिरि आदि ।

५) वीपी प्रतिष्ठान एउटा उदाहरण मात्रै हो, यो यस्तै दशा भएको संस्था नेपालभरी नै छन् । सच्याउने, सुधार्ने दिशामा सवैले मन, वचन र कर्मले लाग्नु आवश्यक छ ।