इटहरी : बिस २०१३ सालमा  इर्रुटहरीमा विद्यालय खोलेर विभिन्न क्षेत्रमा स्थापित व्यक्ति उत्पादन गर्न सफल जनता माध्यमिक विद्यालयले शुक्रबार कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत गरेको छ ।

विद्यालयले यस शैक्षिक सत्रमा कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत गरेको हो । जनता माध्यमिक विद्यालयले मुलुकको शिक्षा, साहित्य, कला,राजनीति,निजामती, सेना,खेलकुद आदि क्षेत्रमा स्थापित व्यक्ति उत्पादन गर्न सफल हुँदै आएको छ ।

व्यवस्थापन,शिक्षा, विज्ञान तथा कानुन समुहमा अध्ययन गर्न भर्ना भएका विद्यार्थीलाई विद्यालयका प्रधानाध्यापक पशुपति सिग्देलको प्रमुख आतिथ्यतामा स्वागत गरिएको हो ।

सो क्रममा विद्यालयका पूर्व विद्यार्थी इटहरी अस्पतालका चिकित्सक गुञ्जन त्रिताल, इन्जिनियर माधव सुवेदी, गायक प्रकाश ओझा र चाटर्ड एकाउन्टेन्ट गुल्सनराज शर्मा विशिष्ट अथितिको रुपमा उपस्थित रहेका थिए । कार्यक्रम कक्षा ११ र १२ तर्फका संयोजक शिवराज दहालको अध्यक्षतामा भएको थियो । 

janta-11