ओखलढुंगा : जिल्लाको लिखु गाउँपालिका वडा नं.–३, नर्मदेश्वरका वडा सदस्य ५० वर्षीय विष्णुभक्त श्रेष्ठविरुद्ध १७ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा उजुरी दर्ता भएको छ ।

आफूलाई बलात्कार गरेको भन्दै युवतीले श्रेष्ठविरुद्ध शनिबार जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा उजुरी दर्ता गरेकी हुन् । श्रेष्ठआफैले सञ्चालन गरेको इँटा कारखानामा काम गर्ने कामदारमाथि बलात्कारको उजुरी परेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक राजीव श्रेष्ठले बताए ।

बलात्कारको अभियोग लागेपछि वडा सदस्य श्रेष्ठ फरार रहेको प्रहरीले जनाएको छ । पीडितको उजुरी लिएर आरोपितको खोजी गरिरहेको प्रहरीले जनाएको छ ।