उदयपुर: वैवाहिक बलात्कारको कसुरमा जिल्ला अदालत उदयपुरले एक श्रीमानलाई ३ बर्ष कैदको फैसला गरेको छ ।

जिल्ला न्यायाधीश तेजेन्द्रप्रसाद शर्मा सापकोटाको इजलासले श्रीमतिको इच्छा विपरीत जर्बजस्ती शारीरिक सम्बन्ध(करणी) गरेको कसुर ठहर गर्दै ती श्रीमान लाई ३ बर्ष कैदको फैसला गरेका हुन् । श्रीमानको  उमेर ४५ बर्ष रहेको छ । श्रीमती भने ३८ बर्षकी छिन् । अभियुक्तलाई ७ बर्षीय छोरीलाई यौन दुर्ब्यावहार गरेको आरोपसमेत लागेको थियो । उक्त आरोपमा भने उनलाई अदालतले सफाई दिएको छ ।

 श्रीमतीले शारीरिक अवस्था कमजोर हुदा पनि इच्छाविपरीत पटक पटक करणी गरेको भन्दै भदौ ४ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन् । साथै, छोरीमाथि पनि यौन दुर्ब्यावहार गरेको अभियोग थियो । जाहेरीलगत्तै पक्राउ परेका श्रीमान्लाई भदौ ३१ मा पुर्पक्षको लागि थुनामा राख्ने आदेश दिएको थियो । नेपालको कानुनमा बैवाहिक बलात्कार भएका ५ बर्षसम्म कैदको व्यवस्था गरेको छ ।