धरान : अहिले धरानमा हुरीबताससँगै पानी परिरहेको छ । बिहान करिब ७ बजेदेखि मौषम अचानक खराब भएर हुरीबतास र बर्षा भएको हो । बिहानै अचानक अध्यारो भएर मेघ गर्जन र हुरीबतास शुरु भएपछि अधिकांश सर्वसाधारणहरु घरभित्रै छन् ।

धरानमा मात्र होइन, आज बिहानैदेखि पुर्वका अधिकांश जिल्लाको अवस्था यस्तै छ । विराटनगर, झापा, धनकुटा,संखुवासभा लगायत क्षेत्रमा हुरीबतास, मेघ गर्जन र बर्षा भइरहेको छ । लामो समय पानी नपरेका कारण पानीको पर्खाईमा रहेका किसानलाई यो बर्षाले धेरै राहत महसुस गरेका छन् । देशका अधिकांश स्थानहरूमा सामान्य देखि पूर्ण बदली रही पहाडी भूभागका केही स्थानहरुमा मेघ गर्जनसहितको हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

huri-batas