धरान: चालू आर्थिक वर्षमा सडक दुर्घटनामा परी सुनसरीमा मात्र ३९ जनाको ज्यान गएको छ ।

जिल्ला ट्राफीक प्रहरी कार्यालय सुनसरीले दिएको विवरण अनुसार चालु आर्थिक वर्ष २०७५/०७६ को साउनदेखि फागुन मसान्तसम्ममा सडक दुर्घटनामा परी ३९ जनाको ज्यान गएको हो । अघिल्लो आर्थिक बर्ष २०७४/०७५ मा भने यही समयमा ५० जनाको ज्यान गएको थियो । गत वर्षको तुलनामा यो वर्षमा ११ जना कम मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय सुनसरीले जनाएको छ । फागुन महिनाभरी सडक दुर्घटनामा कसैको पनि ज्यान नगएको जिल्ला ट्राफीक प्रहरी प्रमुख तथा प्रहरी निरिक्षक बाबुकाजी गिरीले बताए । ‘गत वर्षको साउनदेखि फागुन मसान्तसम्म ५० जनाको ज्यान गएको थियो, यो वर्ष ३९ जनाको मात्र मृत्यु भएको छ, सचेतना अभियानले केही प्रभाव परेको छ,’उनले भने,‘यो फागुन महिनामा एक जनाको पनि मृत्यु भएको छैन ।’

सवारी दुर्घटना न्यूनिकरण सम्बन्धीको १५ दिने अभियानको कारणले पनि दुर्घटना न्यूनिकरण भएको गिरीको बुझाई छ । त्यसैगरी, आर्थिक वर्ष ०७४/७५ को १२ महिनामा ७६ जनाले ज्यान गुमाएका थिए । चालू आर्थिक वर्षको फागुन मसान्तसम्ममा विभिन्न सवारी साधानहरुलाई जरीवान बापत ७६ लाख ८५ हजार ५ सय राजस्व रकम उठाइएको समेत उनले बताए । प्रदेश १ को १४ जिल्लामा ८४ वटा कार्यालयमा १ सय ९८ जना ट्राफिक प्रहरी खटिएका छन् । प्रदेश १ भरी कुल ६ हजार ५५ किलोमिटर सडक सञ्जाल रहेकोमा पक्की १ हजार ४५ किलोमिटर मात्र छ । ग्राभेल १ हजार ५ सय ९१ किलोमिटर र कच्ची सडक ३ हजार ४ सय ११ किलोमिटर रहेको छ ।

त्यसैगरी, पूर्व–पश्चिम राजमार्ग १ सय ३८ किलोमिटर हेर्ने गरेको छ भन हालको ट्राफीक सख्या १९८ अनुसार एक जना ट्राफीक बराबर ३० किलोमिटर सडक हेर्नुपर्ने बाध्यता छ । प्रदेश १ मा ५ लाख ८० हजार ८ सय ७३ दर्ता (ईरिक्सा, टाँगा बाहेक) छन् । जसमा २ हजार ९ सय ३३ सवारी एक जना ट्राफीकले हेर्नुपर्ने बाध्यता छ ।

ट्राफिकलाई ३२ इन्चको एलइडी टिभी

S7840012-(1)

बजाज कम्पनीको आधिकारिक विक्रेता अर्बिन एण्ड ब्रोदर्श अटो धरानले जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीलाई एलइडी टिभी उपलब्ध गराएको छ । जिल्ला ट्राफीक प्रहरी कार्यालय सुनसरीको धरानस्थित कार्यालयमा सवारी सचेतना तथा दुर्घटना सम्बन्धीको सुचना प्रबाह गराउन सहजका लागि हिमस्टार कम्पनीको ३२ इन्चको एलइडी टिभी प्रदान गरेको हो ।

बुधबार अटोका सञ्चालक अर्बिन तामाङले जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरिक्षक बाबुकाजी गिरीलाई एक कार्यक्रमकाबीच एलइडी भिभी हस्तानतरण गरेका थिए । टिभी प्रदान गदै तामाङले सवारी गतिविधि सम्बन्धी सुचना प्रबाह गर्न सहज होस् भनेर टिभि प्रदान गरिएको बताए । एलइडी टिभीलाई कार्यालय बाहिर राखेर ट्राफीक सचेतना तथा सवारी गतिविधि सम्बन्धी सुचना प्रबाह गरिने प्रनि गिरीले बताए । तामाङको धरान–८ स्थित बरगाछी चोकमा बजाज कम्पनीको बाइकको डिलर रहेको छ ।