सुनसरी:सुनसरीको बराहक्षेत्र नगरपालिका १ चतराघाटको कोशी पुलमा बिहीवार ट्रकबाट लडेर सोही ट्रकका सहचालकको मृत्यु भएको छ ।

चतरामा हुने कुम्भ मेलाको लागि बाँस लोड गरे ल्याउदै गरेको को १ ख २५६९ नम्बरको ट्रक घुमाउरो बाटोमा मोड्ने क्रममा बिहान साढे १० बजे ट्रकबाट लडेर सहचालकको ज्यान गएको हो । मृत्यु हुनेमा उदयपुरबेलका नगरपालिका ८ का १९ बर्षीय हेमन्त मगर गम्भीर घाइते भएका थिए ।

लडेर गम्भीर घाइते भएका मगरलाई उपचारको लागि धरानस्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उचारको क्रममा सवा ११ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ । दुर्घटना पश्चात ट्रकका चालक फरार रहेकोले खोजीकार्य भईरहेको प्रहरीले जनाएको छ भने ट्रकलाई इलाका प्रहरी कार्यालय चतराको नियन्त्रणमा राखिएको उक्त कार्यालयले जनाएको छ ।