ओखलढुंगा: ओखलढुङगा माने भञ्ज्याङगाउँपालिका ६ डडुवाखोलास्थित सिद्दिचरण राजमार्गमा स्कारपियो दुर्घटना हुदा ७ जनाको मृत्यु भएको छ भने घाइते २ जनाको राजधानीमा उपचार भइरहेको छ ।

आज दिउँसो पौने १२ बजेको समयमा सोलुबाट काठमान्डौंतर्फ जादै गरेको बा१६च २२०७ नम्बरको स्कारपियो अचानक बाटोबाट अन्दाजि २०० मिटर तल खस्दा स्कारपियोमा सवार ७ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ताप्लेजुङको फक्तालुङ गाउँपालिका ७ ओलाङचुङगोलाकी ५५ बर्षी मिङ्मा शेर्पा, ४५ बर्षीय साङगेल शेर्पा, काठमाण्डौ बौद्धका ३५ बर्षीय नुर्बु शेर्पा रहेका छन् । यस्तै, ङवाङ शेर्पा, डोमा शेर्पा र नुमा शेर्पाको पनि घटनास्थलमानै मृत्यू भएको प्रहरीले जनाएको छ । तीन जना घाइते मध्ये गम्भीर अवस्थाका कुङसिङे शेर्पाको पनि उपचारको क्रममा उपचारको क्रममा ४ बजे मृत्यु भएको थियो । 

घटनाबारे जानकारी पाउनासाथ घटनास्थलतर्फ खटिएको प्रहरी चौकी हर्कपुरको प्रहरी टोलीले गम्भिर घाईत भएकाहरुको उद्दार गरेर उपचारको लागि पठाएको थियो । घाइतेहरुमा चालक कृष्णश्रेष्ठ ,काठमाण्डौको बौद्ध बस्ने मृतक डोमा शेर्पाका छोरा करिब ९ बर्षीय मिङमा शेर्पा र काठमाण्डौ नयाँ बस्तीका करिब ४६ बर्षीय कुङसिङे शेर्पा रहेका छन् । उनीहरुलाई उपचारको लागि तत्काल आस्था मेडिकल हल घुर्मि, उदयपुरमा लगिएको थियो । पछि घाईते तिनै जनालाई थप उपचारको लागि दिउँसो साढे ३ बजे सिम्रिक एयरको हेलिकप्टरद्वारा ग्रान्डी अस्पताल काठमाण्डौं लगिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ । घाइते तीन जनामध्ये कुङसिङेको अवस्था अत्यन्तै चिन्ताजनक रहेको थियो ।