मोरङ:मोरङको जहदा गाउँपालिका ४ मा आइतवार सर्पदंशबाट एक जनाको मृत्यु भएको छ ।

राती सवा ९ बजे घर नजिकै सडकमा हिडिरहेको अवस्थामा सर्पले डसेर ४० बर्षकी भुवनदेवी मण्डल घाइते भएकी थिईन् । सर्पले डसेर घाइते भएकी मण्डललाई उपचारको लागि कोशी अंचल अस्पताल बिराटनगर पठाईएको थियो । उनको उपचारको क्रममा राती १० बजे सोही अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।