सुनसरी : इटहरीउपमहानगरपालिकामा घरनक्सा नबनाई घर निर्माण गरिरहेको पाइएको छ ।

उपमहानगरपालिकाबाट अनुगमनमा गएको टोलीले नियम विपरीत घरनक्सा नबनाई र स्थानीय तहबाट अनुमनि नलिई घर निर्माण गरिरहेको पाएको हो । वडा नं ५ मा अनुगमन गर्दा नक्सा पास नगरी घर बनिरहेको भेटिएको उपमहानगरको अनुगमन टोलीले जनाएको छ । उक्त निर्माणाधिन घरको निर्माण कार्य रोकेर अनुगमन टोलीले सात दिन भित्र उपमहानगरमा कागजात प्रमाणसहित उपस्थित हुन पनि पत्र काटेको उपमहानगरले जनाएको छ ।

भवन संहिता अनुसार गाउँ वा नगर जहाँ भएपनि घरनक्सा बनएर स्ष्नयिय तहबाट स्वीकृति लिएर मात्र घर निर्माण गर्न पाइन्छ । इटहरी उपमहानगरले छुटटै भवन ऐन समेत तयार गरिसकेको छ । यसविपरीत इटहरी ५ मा शम्भु प्रसाद दाहाल र मान वहादुर कार्की तथा इन्द्र कुमार कार्कीले संयुक्त रुपमा घर नक्सा विना नै घर निर्माण गरिरहेको घर नक्सा शाखाका प्रमुख इन्जिनियर विकास भटटराईले जानकारी दिए । ‘घरलाई वलिया, सुरक्षित र भुकम्प प्रतिरोधी बनोस् भनेर नै नेपाल सरकारले भवन संहिता लागु गरेको हो, उपमहानगरले पनि भवन ऐन बनाइसकेको छ,’उनले भने,‘यसरी नक्सा नबनाइ, स्वीकृति नलिई घर बनाउन पाइदैन ।’

अनुगमनमा इटहरी उपहानगरकी उपप्रमुख लक्ष्मी गौतम,वरिष्ठ इन्जिनियर अर्जुन दाहाल,घरनक्सा फाँट प्रमुख भटटराई, कार्यवाहक वडाध्यक्ष सन्तोष पराजुली सहितको टोलीले अनुगमन गरेका थिए । इटहरीमा भवन संहितालाई प्रभावकारी र कडाइका साथ कार्यावन्यन गर्न छडके अनुगमन थालिएको उपप्रमुख गौतमले बताइन् । मापदण्ड अनुसार घर निर्माण गरि सुरक्षित इटहरी वनाउन अनुगमनलाई तीव्र दिइने उनले बताइन् ।