सुनसरी: सुनसरीको कोशी गाउँपालिका ४ जुद्धगञ्जमा आज बिद्युत सर्ट भई आगलागी हुँदा ९ घर जलेर नष्ट भएको छ ।
बिहान सवा ८ बजे हावाहुरीका कारण बिजुलीको लाईन सर्ट भई आगो लागेको थियो । रहमान मन्सुरीको घरमा आगलागी हुँदा छिमेकी ललित मिया, सलिम मिया, फिरोज मिया, फरोज मिया, मलिम मिया, कलाम मिया, ऐजुक मन्सुरी र कैजुम मन्सुरीको घरमा समेत आगोको चपेटामा परेको थियो ।
उक्त आगलागी ईनरुवा, ईटहरी, दुहबीबाट गएको दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । क्षतिको विवरण आउन बाँकी रहेको उक्त कार्यालयले जनाएको छ ।