धरान: आज बिहानैदेखि मौषम खुलेको थिएन । पौने १० बजे तिरबाट आकाश गड्याङ गुडुङ कराउन थाल्यो ।

बिहान करिब सवा १० बजेतिर जोडले आकाश करायो । बिजुली चम्कियो । सबै त्राहिमाम भए । हिड्दै गरेकाहरु पनि आत्तिए । घरमा केही पो भयो भन्दै चिन्ता प्रकट गरिरहेका देखिन्छ । चट्याङले कही कतै ठुलै विनाश गर्यो कि भन्ने सबैमा चिन्ता थियो ।चट्याङले ठुलो क्षति त गरेन, तर धरान १७ रेल्वे चोकस्थित मनोज शाक्यको घरमा भएको नरिवलको रुखमा आगो लाग्यो । चट्याङ धन्न नरिवालको बोटमा परेछ । घरमा परेको भए ठुलो नै क्षति हुन्थ्यो । नरिवलको रुखमा आगो लागेपछि रमिता हेर्नेहरुको भीड चल्यो । मोवाइलमा भिडियो खिच्नेहरु पनि थिए ।

रुखमाथि आगो भएकोले निभाउन सक्ने कुरा पनि भएन । नजिकै घर भएका वडाअध्यक्ष सुर्यप्रसाद भटराई(मनोज)ले दमकललाई खबर गरिदिए । दमकल आएर आगो निभाइदियो । केही बेरमा पानी पनि पर्न थाल्यो, र आगो निभाउन झन् सहज भयो ।

IMG_3654

IMG_3658 IMG_3660 damkal

chatang-aago