धरान(डेस्क) : सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिका ११ तिङलामा निर्माणाधिन अवस्थामा रहेको लोयर सोलु हाईड्रो कम्पनीको सुरुङ मार्गमा काम गर्दै गरेका एक जना कामदारको ढुङगाले लागेर मृत्यु भएको छ भने २ जना घाईते भएका छन् ।
मङ्गलबार बिहान साडे ४ बजेको समयमा निर्माणाधिन सुरुङमार्गमा काम गर्दै गरेको अवस्थामा अचानक माथीबाट खसेको डुङगाले लाग्दा उक्त हाईड्रो कम्पनीका कामदार भारतको आसाम बरपीताका २० बर्षीय रविउल अलि, आसाम नलवाडीका २१ बर्षीय हनमनी कोलिता र आसाम लोखिमपुरका २६ बर्षीय बिसाल गोवाला गम्भीर घाईते भएका थिए ।
घाईतेहरुलाई तत्काल उद्धार गरी उपचारको लागि जिल्ला अस्पताल फाप्लु लैजाने क्रममा रविउल अलीको बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । अन्य २ जनाको सोही अस्पतालमा उपचार भईरहेको छ भने मृतकको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल फाप्लुमा नै राखिएको उक्त कार्यालयले जनाएको छ ।