झापा: झापाको भद्रपुर नगरपालिका ५ बसपार्कबाट प्रहरी टोलीले लागूऔषधसहित आज १ जनालाई पक्राउ गरेको छ ।लागूऔषधसहित उदयपुर बेलका नगरपालिका ५ बस्ने बर्ष २२ को बीरधन तामाङलाई पक्राउ गरेको वडा प्रहरी कार्यालय भद्रपुरले जनाएको छ ।
बिहान साढे ९ बजे उक्त कार्यालयबाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा हिडिरहेका तामाङलाई चेकजाँच गर्ने क्रममा लागूऔषध वरामद भएको थियो । उनको साथबाट फेनारगन २० एम्पुल, डाईजेपाम २० एम्पुल र लुपिजेसिक २० बरामद गरेको छ । पक्राउ परेका तामाङलाई वडा प्रहरी कार्यालय भद्रपुरमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।