धरान:सोमबार दिउँसो धरान १३, जिरो पोइन्टमा भएको सडक दुर्घटनामा ज्यान गुमाएका बस चालक चक्रबहादुर गुरुङको आज अन्त्येष्टी गरिएको छ ।

मृतक गुरुङको धरान ८ स्थित बौद्ध दाहसँस्कारस्थलमा गुरुङको बौद्ध परम्परा अनुसार अन्त्येष्टी गरिएको हो । तेह्रथुमको लालीगुराँस नगरपालिकास्थित बसन्तपुर पुख्यौली घर भएका गुरुङ हाल धरान १५ मा डेरा गरी बस्थे । उनी पहाडी रुटमा चल्ने ना ६ ख २७१३ नम्बरको बसका चालक थिए ।

सोमबार चौबिसे गाउँपालिकास्थित ६ नम्बर बुधबारेबाट धरान आउने क्रममा ब्रेक फेल भएर दुर्घटना हुँदा चालक गुरुङसहित ४ जनाको ज्यान गएको थियो । गुरुङका जेठा छोरा अभिषेक(करण) र श्रीमति अनिता पनि वैदेशिक रोजगारीमा दुबई थिए भने उनीसँग घरमा कान्छा छोरा बस्थे ।