धरान(डेस्क) : झापाको छुट्टाछुट्टै स्थानबाट प्रहरीले मंगलवार अन्दाजी १ लाख ५५ हजार ४ सय ५० रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय काकरभिट्टाबाट खटिएको प्रहरी टोलीले अवैध रुपमा भन्सार छलि गरी भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको अन्दाजी ४० हजार मूल्य बराबरको बिभिन्न किसिमका कपडा, प्रहरी चौकी बाहुनडाँगीबाट खटिएको प्रहरी टोलीले अन्दाजी ४ हजार २ सय रुपैयाँ बराबरको ६ बोरा युरिया मल त्यसैगरी नेपालबाट भारत तर्फ लैजाँदै गरेको ४० हजार बराबरको २० बोराट मटर र २५ किलो सुपारी बरामद गरेको छ ।

यता इलाका प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले झापा गाउँपालिका १ सिमलवारीबाट अन्दाजी ३० हजार मूल्य बराबरको अवैध सामान बरामद गरेको छ । अपरान्ह ४ बजे भारतबाट नेपाल तर्फ मे ६ प ४४८० र मे २ प ३५०५ नम्बरको मोटरसाईकलमा चेकजाँच गर्ने क्रममा अवैध रुपमा भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको ४ बोरा चिनी र ९ कार्टुन बिस्कुट बरामद गरेको हो । बराद सामान सहित २ वटै मोटरसाईकल प्रहरीको नियन्त्रणमा राखिएको छ भने मानिस फरार भएका छन् ।

त्यसैगरी गए राती प्रहरीले मेचीनगर नगरपालिका(६ बाट अन्दाजी ३३ हजार ७ सय ५० रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काकरभिट्टाबाट खटिएको प्रहरी टोलीले नेपालबाट भारत तर्फ लैजाँदै गरेको १० बोरा मटर र १ सय ५० किलो स्याउ बरामद गरेको थियो । बरामद सामान आजै मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाईने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।