झापा:झापा जिल्लाको झापा गाउँपालिका ४ बस्ने राजेश गणेशको किराना पसलमा बिहीवार राती आगलागी हुँदा करिब १५ लाख मूल्य बराबरको क्षति भएको छ ।
राती करिब १२ बजे भएको उक्त आगलागीबाट गणेशको टिनको छानो भएको बाँस र काठले बनेको पसल जलेर नष्ट भएको छ । अचानक आगलागी हुँदा पसलमा रहेको सम्पूर्ण किराना सामान, फर्निचरका सामान र नगद १० हजार जलेर नष्ट भएको छ । उक्त आगलागी प्रहरी र स्थानीयवासीको सहयोगमा पूर्ण रुपमा नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय कुमरखोदले जनाएको छ । आगलागीको कारण भने खुलेको छैन ।