मोरङ:विराटनगर महानगरपालिका १६ दरैयाबाट प्रहरीले आज एक थान पेस्तोल बरामद गरेको छ ।

बिहान १० बजे स्थानीयले बाँसको झ्याङमा लुकाई राखेको शंकास्पद बस्तु देखे पछि इलाका प्रहरी कार्यालय रानीमा जानकारी गराएका थिए । यो खबर पाएपछि तत्काल रानीबाट प्रहरी टोली खटिएको थियो । प्रहरीले चेकजाँच गर्ने क्रममा रंङको बट्टा भित्र कालो प्लाष्टिकमा पोको पारेर लुकाई राखेको मेड इन युएसए लेखिएको पेस्तोल एक थान फेला पारेको थियो । यस्तै, एक थान म्याग्जिन र सोही पेस्तोलमा प्रयोग हुने २ राउण्ड गोली पनि बरामद भएइको प्रहरीले जनाएको छ । बरामद पेस्तोलबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।