खोटाङः काठमाण्डौंबाट खोटाङ हिडेको बस गए राती हलेसी मन्दिर नजिकै दर्घटना हुँदा एकको मृत्यु भएको छ । हलेसी मन्दिर नजिकै पर्ने रिठ्ठाबोटे भीरमा राती करिब ११ बजे बस दुर्घटनामा परेको हो ।

बस दुर्घटनामा खोटाङ दोर्पाको ३३ वर्षिय पर्जबहादुर राईको मृत्यु भएको प्रहरीले जनाएको छ । उनलाई उद्दार गरेर उपचारको लागि लैजादै गर्दा बाटोमा मृत्यु भएको डिएसपी राजकुमार केसीले जानकारी दिए । ना ४ ख ७४११ नम्बरको बसमा चालकसहित १५ जना सवार भएको बताइएको छ ।

बस सडकबाट करिब ४० मिटर तल खसेको थियो । अन्य ६ जना घाईंतेहरुलाई उपचारको लागि काठमाण्डौं लगिएको छ । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर भएको बताइएको छ । बस सडकबाट खसेपनि रुखमा ठोक्किदै अडिएकाले ठूलो क्षती हुनबाट जोगिएको थियो ।

तस्बिर स्रोत:सगरमाथाअनलाइन