मोरङ : विराटनगरमा मंगलबार करेण्ट लागेर एक युवकको मृत्यु भएको छ ।

विराटनगरको आशिष निर्माण सेवामा कार्यरत २२ वर्षीय भोजराज दुलाल सरकारी वकील कार्यालय अगाडि बिजुलीको तार मर्मत गर्ने क्रममा करेण्ट लागेर गम्भीर घाइते भएका थिए।

गम्भीर घाइते दुलालको गोल्डेन अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।