धरान: बृद्धाश्रम पुगेर जन्मदिन मनाउने धेरै पहिला देखिको धोको थियो, अञ्जना राईको । जन्मदिन आउथ्यो, तर समय मिलिरहेको थिएन । उनको २२ औं जन्मदिनमा पनि त्यो इच्छा पूरा हुन सकेन ।

बृद्धाश्रममा जाने साइत नजुरे पनि उनले विविध कारणबाट परिवारबाट टाढिनु परेका वालवालिकासँग जन्मदिन मनाइन् । उनीहरुसँग जन्मदिन मनाउदा वृद्धाश्रम नपुगे पनि उनलाई पश्चाताप भएन । उनले मंगलबार आफ्नो २२ औं जन्मदिन धरान–३ स्थित सरस्वती वालआश्रममा आश्रीत वालवालिकाहरुसँग मनाइन् । ‘पहिला देखि नै बृद्धाआश्रम पुगेर जन्मदिन मनाउने सोच थियो, त्यसरी मनाउन नपाए पनि आश्रमका वालवालिकासंग मनाउन पाएँ, खुशी छु’उनले खुशी व्याक्त गदै भनिन् ।

bday6

आश्रमका २४ जना आश्रित वालवालिकालाई उनले विहानको एक छाक खाना खुवाइन् । आश्रमलाई सबैले सहयोग गर्नुपर्ने उनको बुझाइ छ । यसरी नै आफ्नो जन्मदिन मनाउने उनले बताइन् । धनकुटा छिन्ताङकी उनी हाल धरानमा बसेर अध्ययनरत छिन् । दाजु सदिश राई, बुद्रोस लिम्बूलगायत ६ जना साथीहरुसँग आश्रममा पुगेर जन्मदिन मनाएकी हुन् । उनी भाटभटेनी सुपर मार्केटमा सेल्स डिपार्टमा काम गर्छिन । उनी महेन्द्र बहुमुखी क्याम्पसमा विए तेस्रो वर्षमा अध्ययनरत छिन् । यस्ता कामहरुले सामाजिक सेवामा लाग्नु अभिप्रेरित गराउने उनको भनाइ थियो । आश्रम पूर्वका विभिन्न ठाउँका २४ जना वालवालिका आश्रित छन् । जसमा १४ जना वालक र १० जना वालिका छन् ।