धरान: नेपालका अग्रज पत्रकार पुष्करलाल श्रेष्ठको ६० बर्षको उमेरमा निधन भएको छ ।

श्रेष्ठ नेपाल समाचार पत्र दैनिकका प्रधानसम्पादक थिए । उनको बुधबार निधन भएको हो । श्रेष्ठको केही समयअघि मृगौलाको पत्थरीको शल्यक्रिया गरिएको थियो । पुनः स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । श्रेष्ठको पार्थिव शरीर आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने पारिवारजनले जनाएका छन् ।

पत्रकार श्रेष्ठले कामनाबाट पत्रिका प्रकाशनको काम शुरुवात गरेका थिए । लामो समयसम्म कामनाको प्रकाशनपछि नेपाल समाचारपत्र दैनिक प्रकाशन थालेका थिए । अर्को चर्चित पत्रिका साधना मासिक पनि उनले प्रकाशन गरेका थिए । समाचार पत्र, साधना एक समयको नेपालका चर्चित दैनिक र मासिक पत्रिकामा गनिन्थ्यो ।