मोरङ: मोरङको कानेपोखरी गाउँपालिका ६ फेसबुक चोकमा बुधबार अपराह्न आगलागी भएको छ ।
स्थानीय बीर बहादुर भट्टराईको घरमा आगलागी हुँदा करिब १५ लाख २० हजार मूल्य बराबरको क्षति भएको छ । भट्टराईको घरमा अपरान्ह पौने ६ बजे बिजुलीको तार सर्ट भई आगलागी भएको थियो । आगलागनीले टिनको छानो भएको दुईतले घर, घरभित्र रहेको लत्ता कपडा, भाँडावर्तन, काठपात, अन्नपातलगायत सम्पूर्ण सरसामान जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । आगलागी भएको जानकारी पाउनासाथ तत्काल पथरीबाट खटिएको प्रहरी टोली र स्थानीयवासीको सहयोगमा आगोसाँझ सवा ६ बजे नियन्त्रणमा लिएको उक्त कार्यालयले जनाएको छ ।