ताप्लेजुङ: ताप्लेजुङको छुट्टाछुट्टै स्थानबाट प्रहरीले बिभिन्न स्थानबाट १० नाल भरुवा बन्दुक बरामद गरेको छ ।
प्रहरी चौकी शिवाबाट खटिएको प्रहरीले फक्तालुङ गाउँपालिका १ सावादिन जंगलमा बेवारिशे अवस्थामा मंगलवार ३ नाल भरुवा बन्दुक बरामद गरेको हो । त्यसैगरी बिहान पौने ११ बजे प्रहरी चौकी निगुरादिनबाट खटिएको प्रहरी टोलीले आठराई त्रिवेणी गाउँपालिका १ बाट पनि जंगलमा लुकाई राखेको १ नाल बन्दुक वरादम गरेको छ ।
यसैगरि, इलाका प्रहरी कार्यालय दोभानबाट खटिएको प्रहरी टोलीले दिउँसो १२ बजे आठराई त्रिवेणी गाउँपालिका २ फुलवारी स्थित ओडारे जंगलमा २ नाल, इलाका प्रहरी कार्यालय तेल्लोकबाट खटिएको प्रहरी टोलीले अपरान्ह साढे ४ बजे श्रीजंगा गाउँपालिका ३ कुन्जरीमा लुकाई राखेको ३ नाल बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । यसैगरि, सिकैचा बस्ने बर्ष ४० को तुलाराम काङबाङले १ नाल लाईसन्स सहितको भरुवा बन्दुक प्रहरीलाई बुझाएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।