पथरी:पथरी बहुमुखी क्याम्पस अघिको झाडीमा आइतबार बिहान रगतसहित पेन्ट र काटिएको कपाल भेटिए पछि थप त्रास फैलिएको छ । 

शनिबार बिहान पथरी बजारमा एक महिला नग्न अबस्थामा मृत फेला परेको एकदिन पछि नै शंकास्पद क्रियाकलाप गरेको आशंका स्थानीयले गरेका छ्न् । इलाका प्रहरी कार्यालय पथरीले भने घटनास्थलमा काटिएको कपाल, पेन्ट र रगतका लतपतिएको र झाडी मडारिएको भेटिएको पुष्टि गरे पनि थप केही भन्न नसकिने बताएको छ । 

pathari 1

घटनाबारे थप अनुसन्धान थालिएकाले प्रहरीले जनाएको छ । पथरी बजारमा अपराधिक क्रियाकलाप बढेको भन्दै उद्योग बाणिज्य संघ पथरीले बिज्ञप्ति प्राकाशित गर्दै सुरक्षाको माग गरेको छ । स्थानीयबासीले पनि पथरी बजारमा असुरक्षा बढेको प्रति चिन्ता ब्यक्त गरेका छ्न् । शनिबार बिहान पथरी बजारमा कस्मेटिक पसल सञ्चालन गर्ने रिना बस्नेत मृत फेला परेकी थिइन् ।