जनकपुरधाम:जनकपुरधाम ८ स्थित जानकी हेल्थकेयर एण्ड टिचिङ अस्पतालमा एक नर्स पाशो लगाएको अवस्थामा भेटिएको छ।

महोत्तरीको गौशाला घर भएकी करिब २५ बर्षीय रक्षा आले मगर आज बिहान शौचालयमा पाशो लगाएको अवस्थामा भेटिएकी थिइन् । उनले आत्महत्या गरिएको बताइए पनि घटना रहस्यमय बनेको छ । आफन्तजन र नेपाल मगर संघले घटना शंकास्पद भएकोले सत्यतथ्य छानबिन हुनुपर्ने माग गरेका छन् । रक्षाले शौचालयमा रहेको फलामे पाइपमा सलले पासो लगाएको अवस्थामा भेटिएकी थिइन् ।

शौचालय सानो भएको, खुट्टा तल भुइमा छोएको, झुण्डिन प्रयोग भएको कपडा(सेतो सल)पनि दोहोर्याई तेहेर्याई बाँधेको, भित्र छुरा भएको र ढोका फुटाएको अवस्था देखिएकोले घटना शंकास्पद भएको भन्दै नेपाल मगर संघ, २ नं प्रदेशका सचिव रुद्र बुर्जा मगरले छानबिन हुनुपर्ने बताए । 'हामी संघकै तर्फबाट पनि अनुसन्धान गर्नुपर्ने बिषय छ, २ नं प्रदेशमा हामी अल्पसंख्यक छौ, त्यसैले उत्पीडनमा परेको पनि हुनसक्छ, प्रशासनले सही सत्यतथ्य छानबिन गरेर जानकारी गराओस्,'उनले भने ।

jnkpr-3

यो अस्पतालमा संघीय सरकारका स्वास्थ्य राज्यमन्त्री डा.सुरेन्द्र यादव पनि सञ्चालक छन् । मृतकको शव पोष्टमार्टमका लागि जनकपुर अञ्चल अस्पताल लगिएको छ । परिवारजनका अनुसार रक्षा करिब ७ महिनादेखि मात्र त्यहाँ कार्यरत थिइन् । छोरीमा केही समस्या भएको जानकारी नभएकोले आत्महत्या गर्नुुपर्ने कारण नै नभएको भन्दै बुबा लालबहादुर आलेले निष्पक्ष छानबिन गर्न माग गरेका छन् । घटनाबारे प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ ।