पाँचथर: पाँचथरको कुम्याक गाउँपालिका ५ निगाले बस्ने गहर सिंह बिकको घरमा गए राती आगलागी भएको छ ।
राती २ बजे बिजुलीको तार सर्ट भई आगलागी हुँदा बिकको ढुंगा, माटोले बनेको टिनको छानो भएको २ तलेघर, भान्सा घर, नगद ५ हजार, डेढ तोला सुन, आधा तोला चाँदी, अन्नपात लगायत सम्पूर्ण सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीबाट ११ लाख मूल्य बराबरको क्षति भएको हो । उक्त आगलागी प्रहरी र स्थानीयवासीको सहयोगमा विहान सवा ५ बजे पूर्ण रुपमा नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय यासोकले जनाएको छ ।