विराटनगर:इलाका प्रहरी कार्यालय हरैचाले १४ बर्षभन्दा बढी अदालतबाट कैद सजाय तोकिए पनि फरार रहेका एक अपराधीलाई पक्राउ गरेको छ।

मोरङ ग्रामथान गाउँपालिका ६ का ३२ बर्षीय पप्पु मियाँलाई प्रहरीले गाउँमा लुकिछिपी हिंडेको अवस्थामा पक्राउ गरेको हो । उनलाई तोकिएको कैद भुक्तान गर्न जिल्ल्ला कारागार मोरङ पठाइसकेको प्रहरील्े जनाएका छ । उनले २०६४ भदौ २२ गतेदेखि २०६७ जेठ १० गतेसम्म २ वर्ष ६ महिना १८ दिन मात्र थुनामा बसेका थिए भने उनले अझै १४ वर्ष ५ महिना १२ दिन कैद भुक्तान गर्न बाँकी देखिएको मोरङ प्रहरीले जनाएको छ ।

पप्पुले २०६४ साउन ६ गते राती ८ बजे मोरङको साबिक वैजनाथपुर गाविस वडा नं ५ का सुरेन्द्र बुढाथोकीको घरमा ९ लाख र २०६४ भदौ १५ गते राती साबिक टंकिसिनवारी गाविस २ का रामकुमार बुढाथोकीको घरमा ९१ हजार ६ सय डाँका गरेर लुटेको अभियोग थियो । यस्तै, भदौ १५ गते राती नै साबिक विराटनगर ४ को एक घरमा विभिन्न धनमाल डाका गरी जबरजस्ती करणी समेत गरेको अभियोग थियो ।

यो घटनाहरुमा पप्पुसँगै मोरङको बनिगामा १ बस्ने मो.जबार मियाँ, रजाबुल मियाँ लगायत ७,८ जना व्यक्तिहरुमध्ये जबार मियाँ, पप्पु मियाँ, रजाबुल मियाँलाई २०६४ भदौ २२ गते प्रहरीले पक्राउ गरेको थियो । पुनरावेदन अदालत विराटनगरले २०६८ असार ३० गतेको आदेशले उक्त डाँका तथा जबरजस्ती करणी मुद्दामा पप्पु मियाँलाई डाकातर्फ ६ वर्ष कैद र ६४ हजार ५० रुपैया जरिवाना गरेको थियो भने जबरजस्ती करणीतर्फ ११ वर्ष कैद गरी कुल १७ वर्ष कैदको फैसला गरेको थियो । तर, उनी भने फरार थिए ।