सुनसरीः सुनसरीको ईनरुवा नगरपालिका ३ मा नागरिकता बनाई दिने आश्वासन देखाउँदै १० हजार लिदै गरेको अवस्थामा प्रहरीले सोमवार १ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा इनरुवा १ का लेखापढी व्यवसायी गर्ने चेतप्रसाद अधिकारी छन् । दिउँसो पौने २ बजे जिल्ला प्रशासन कार्यालय अगाडि ईहहरी उपमहानगरपालिका ९ का ४६ बर्षीया देवी मण्डललाई नागरिकता बनाई दिने भन्दै आश्वासन दिएर पैसा लिदै गरेको अवस्थामा अधिकारी पक्राउ परेका हुन् । पक्राउ परेका अधिकारीलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।