झापा : झापामा शुक्रबार भएको सवारी दुर्घटनामा परि एकजनाको मृत्यु भएको छ ।


झापाको बुद्धशान्ति गाउँपालिकास्थित कर्णाली एजुकेशन फाउण्डेसनको मे १ ख १८१९ नम्बरको स्कूल बसले ठक्कर दिदा ४७ बर्षका राजन जबेगुको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जानकारी दिएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।