सोलुखुम्बु: सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका ४ स्थित राम्चेमा दाउरा खोज्न जाँदा रुखले किचेर १८ बर्षीय किसोरीको मृत्यु भएको छ ।

आज बिहान साढे ११ बजेको समयमा सोही गाउपालिकास्थित राम्चेमा नयाँ बाटो ट्रयाक खोलिएको सडकमा दाउरा खोज्न गएकी सुस्मा राईको मृत्यु भएको हो । बाटोमा रहेको रुख ढलेर किच्दा उनी गम्भिर घाईते भएकी थिईन । घाईते अवस्थामा हेलिकप्टरद्वारा उपचारको लागी लैजाने क्रममा उनको मृत्यु भएको हो ।

प्रहरीका अनुसार स्बास्थ्य चौकीबाट स्वास्थ्यकर्मी बोलाएर चेकजाँच गर्ने क्रममा नै उनको मृत्यु भएको थियो । घटनाबारे थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।