धरान(डेस्क) : मोरङको सुन्दरहरैचा नगरपालिका ३ आईतबारेमा धारिलो हतियार प्रहारबाट एकजना गम्भिर घाईते भएका छन ।

शुक्रबार (आज) बिहान पौने ३ बजेको समयमा २८ बर्षिय कृष्ण धिताललाई घरमा सुतिरहेको अवस्थामा अपरीचित ब्यक्तिले बोलाई घर अगाडीको करेसाबारीमा लगेर शरिरको विभिन्न भागमा धारिलो हतियार प्रहार गरी गम्भिर घाईते बनाई फरार भएका थिए ।

घटनाबारे आफन्तले थाहाँ पाएपछी तत्काल प्रहरीलाई खबर गर्नुकासाथै गम्भिर घाईते भएका कृष्णलाई उपचारको लागी नोबेल अस्पताल विराटनगर लगिएको छ भने फरार रहेका व्यक्तीहरुको खोजतलास कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।