धरान(डेस्क) : नेप्लीज युथ कम्युनिटी र ओलगापुरी भोकेश्नल स्कुलको सहकार्यमा धरानमा युवाहरुको लागि एक दिने शीपमुलक अभिमुखिकरण कार्यक्रममा सम्पन्न भएको छ ।
स्वरोजगार बन्न चाहने धरानका युवाहरुलाई लक्षित गरि लियो क्लब अफ बुढासुब्बाको व्यवस्थापनमा शुक्रबार धुलिखेल समाजको भवन धरान १ मा उक्त एक दिने कार्यक्रम सञ्चालन गरिएको कम्युनिटीका अध्यक्ष लुईस जेम्स राईले बताए । अध्यक्ष राईका अनुसार कार्यक्रममा धरानका ८० जना युवाहरु सहभागी रहेको बताए ।
ओलगापुरी भोकेश्नल स्कुलका प्रिन्सिपल अरुणदेव भट्टराई र नेपाल युथ फाउण्डेशन काठमाडौंका अपरेशन म्यानेजर ललित गहतराजले सहजिकरण गरेका थिए । युवालाई आत्म निर्भर बनाउनका लागि ओल्गापुरी भोकेश्नल स्कुलले कारपेन्ट्री, प्लम्बिङ, वाईलडिङ, ईलेक्ट्रीसियन, केयर गिभर सम्बन्धी निशुल्क तालिम दिदै आएको हो ।