सुनसरी:इटहरी उपमहानगरले महिला, दलित र आदिवासी गरी ९० जनालाई एक महिने निःशुल्क लोकसेवा तयारी कक्षा सुरु गरेको छ ।
न्यू भिजन एजुकेशन सोलुसनको ब्यवस्थापनमा खरीदारस्तरको तयारी कक्षा सुरु गरिएको हो । तयारी कक्षामा ७ जना पुरुष र अरु सबै महिला छन । लोकसेवा तयारी कक्षाको सुरुवात गर्दै उपमेयर लक्ष्मी गौतमले पछाडि पारिएका वर्गलाई मूलधारमा ल्याउन इटहरी उपमहानगर गम्भीर रहेको बताइन् । इटहरी उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत केशव विमलीले अबको हरेक प्रतिष्पर्धामा महिला प्रखर भएर उत्रने विश्वास ब्यक्त गरे ।