झापा: झापाको दमक ४ स्थित एक होटलमा मंगलबार राती आगलागी भएको छ ।

राति करिब पौने ९ बजेबाट वत्स होटल(खाजा घर)मा सुरु भएको आगो राती १० बजेतिर मात्रै नियन्त्रणमा आएको हो । भान्सामा राखिएको ग्याँस लिक भएर सुरु भएको आगो क्षणभरमै पुरै होटलभर फैलिएको थियो । आगो नियन्त्रणका लागि दमक नगरपालिकाको २ वटा दमकल, स्थानीयवासी तथा प्रहरी खटेका थिए । बाँस, टिन र खरले निर्माण गरिएको स्थानीय श्याम दाहालद्वारा सञ्चालित वत्स खाजाघरमा आगलागी भएको हो ।

fire

ईलाका प्रहरी कार्यालय दमकका प्रमुख श्यामल सुब्बाका अनुसार आगलागीबाट करिब १० देखि १५ लाख रुपैयाको क्षति भएको प्रारम्भिक अनुमान छ । टिन मुनीपट्टी खरको छानो समेत लगाएका कारण आगो नियन्त्रणमा लिन निक्कै कठिन भएको प्रहरीको भनाई छ ।

IMG20190507212327