झापा: झापाको छुट्टाछुट्टै स्थानबाट प्रहरीले मंगलवार लागूऔषधसहित ३ जनालाई पक्राउ गरेको छ ।
झापाको मेचीनगर नगरपालिका ६ भन्सार गेटबाट प्रहरीले मंगलवार लागूऔषधसहित भद्रपुर नगरपालिका ३ का २९ बर्षीय दलबहादुर लिम्बुलाई पक्राउ गरेको हो । लिम्बुलाई दिउँसो ३ बजे नाईट्रोजन चक्की १० एम्पुल र स्पास्मो प्रोक्सिभन ट्याब्लेट ८० चक्कीसहित इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका लिम्बुलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखि थप अनुसन्धान भईरहेको छ ।
त्यसैगरी शिवसत्ताक्षी नगरपालिका १० बाट प्रहरीले लागूऔषध खैरो हेरोईनसहित मोरङ केराबारी गाउँपालिका ९ का २० बर्षीय रुबिन थापा र १८ बर्षीय अरुण लिम्बुलाई पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी माईधारबाट खटिएको प्रहरी टोलीले अपरान्ह पौने ६ बजे पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को ३७ प ७९९१ नम्बरको मोटररसाईकलमा चेकजाँच गर्ने क्रममा सिटमुनी राखेको १ ग्राम खैरो हेरोईन बरामद गरेको हो । उनीहरुलाई इलाका प्रहरी कार्यालय झिलझिलेमा राखि थप अनुसन्धान भईरहेको छ ।